संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको रुलिङ

काठमाडौँ। सभामुख देवराज घिमिरले सांसदहरूले प्रतिनिधिसभाका विभिन्न बैठकमा उठाएका प्रश्नहरूको जवाफ दिन सरकारलाई रुलिङ गरेका छन्।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सभामुख घिमिरले सदनका विभिन्न बैठकमार्फत सांसदहरूले समसामयिक र जनसरोकारका विषयमा उठाएका प्रश्नको जवाफ दिन रुलिङ गरेका हुन्।

प्रतिनिधिसभाको सधैँ जसो बैठकमा सांसदहरूले जनसरोकारका विषयमा प्रश्न गर्दै सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउँदै आइरहेका छन्।

तपाईको प्रतिक्रिया