काठमाडौँ। अभिनेत्री शिल्पा पोखरेल र फिल्म निर्माता छविराज ओझाबीच औपचारिक रुपमै सम्बन्धविच्छेद भएको छ।
काठमाडौं जिल्ला अदालतले तीन वर्ष पुरानो मुद्दामा सुनुवाइ गर्दै आइतबार अंशबण्डासहित सम्बन्धविच्छेद गर्ने फैसला सुनाएको हो। साथै, अंशबण्डा नभएसम्म मानापाथी भर्न समेत ओझालाई आदेश दिएको छ।
न्यायाधीश शंकरप्रसाद राईको एकल इजलासले यस्तो आदेश दिएको हो। तर, अदालतले छविकी जेठी पत्नी हेमा ओझाले दायर गरेको बहुविवाहको मुद्दा र छोरा साकार सुनारलाई प्रतिवादी बनाउँदै उमा सुनारले दायर गरेको धर्मपुत्रबारेको मुद्दालाई अदालतले खारेज गरेको छ। अदालतले आफ्नो वेबसाइटमा शिल्पाको उजुरीमा दाबी पुग्ने फैसला सुनाएको हो।
आदेशानुसार अब छविको आधा सम्पत्ति भागबण्डासहित सम्बन्धविच्छेद हुनेछ भने अंशबण्डा नहुन्जेलसम्म छविले शिल्पालाई मासिक रुपमा मानाचामल भर्नुपर्नेछ। शिल्पाका कानुन व्यवसायी रमेशप्रसाद गुरागाईंले शिल्पाले न्याय पाएको अनुभूति गराउन आफूहरु सफल भएको प्रतिक्रिया दिए।


सञ्चारपथ । १५ फाल्गुन २०७९, सोमबार ०७:२०