कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सर्‍यो

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बिहीबारका लागि सरेको छ ।

भोलि मंगलबार बस्ने भनिएको बैठक चैत्र १६ गते बिहीबार ११ बजे बस्ने कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।बैठकमा सरकारमा सहभागिता लगायतका विषयमा छलफल हुने नेपाली कांग्रेसले जनाएको छ ।

सरकारमा जाने नेताहरुको नाम कांग्रेसले लगभग टुंगो लगाइसकेको छ । केन्द्रीय कार्यसम्पादन समितिको बैठकले त्यसलाई औपचारिकता दिने बताइएको छ ।

तपाईको प्रतिक्रिया