पोखरामा एक युवाद्वारा आत्मदाहको प्रयास

पोखरा। काठमाडौँको नयाँ वानेश्वरस्थित संसद भवन अगाडि एक युवाले आत्मदाह गरेको घटना सेलाउन नपाउँदै पोखरामा अर्का युवाले पनि आत्मदाहको प्रयास गरेका छन्।

पोखरा–१३ बस्दै आएका ती युुवाले आइतबार बिहान शौचालय गएर आत्मदाहको प्रयास गरेका थिए। भाडामा बस्दै आएका युवा शौचालय गएर आफ्नै शरीरमा पेट्रोल छर्किएर आगो लगाएका थिए। उक्त घटना थाहा पाउने वित्तिकै घरबेटी एक महिलाले आगो निभाउन गएकी थिइन्। आगो निभाउन जाँदा उक्त महिला पनि घाइते भएको प्रहरीले जनाएको छ।

आत्मदाह प्रयास गरेका युवा र आगो निभाउन गएकी महिलालाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ। ती युवाले आत्मदाह प्रयास गर्नुका कारण भने अहिलेसम्म नखुलेको प्रहरी इन्सपेक्टर सुवास तिमल्सिनाले जानकारी दिए। घाइते दुवै जनालाई उपचार गर्न पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेका छौं,’ उनले भने, ‘घटनाको कारण आइसकेको छैन, हामी अनुसन्धानमै छौं।’

तपाईको प्रतिक्रिया