कर्णालीका ३८ हजार ९७० जना परीक्षार्थि एसईईमा सहभागी

फाईल तस्वीर

सुर्खेत । शुक्रबारबाट सुरु भएकाे माध्यामिक शिक्षा परीक्षा (एसईई) का लागि कर्णालीका ३८ हजार ९७० जना विद्यार्थीहरु सहभागी भएका छन् ।

१७९ वटा परीक्षा केन्द्र रहेको कर्णालीमा १९ हजार ३०१ जना छात्र र १९ हजार ६७९ छात्रा रहेका छन् ।

शिक्षा विकास निर्देशनालय कर्णाली प्रदेशका निर्देशक दीपा हमालका अनुसार परीक्षार्थी संख्या १० जिल्लामध्ये सबैभन्दा बढी सुर्खेत र सबै भन्दा कम डोल्पामा रहेका छन् ।
३२ वटा परीक्षा केन्द्र रहेको सुर्खेतबाट ९ हजार १३९ विद्यार्थी रहेका छन् ।

३ वटा परीक्षा केन्द्र रहेको रुकुम पश्चिममा ४ हजार २१६ विद्यार्थी र २५ वटा परीक्षा केन्द्र रहेको सल्यानबाट ४ हजार ९८३ विद्यार्थी रहेका छन् ।

हिमाली जिल्लाहरुमा भने विद्यार्थी र परीक्षा केन्द्रको संख्या न्यून रहेको छ । ६ वटा परीक्षा केन्द्र रहेको हुम्लामा १ हजार २३४ विद्यार्थी रहेका छन् भने मुगुका ७ परीक्षा केन्द्रमा १ हजार ६६६, डोल्पाका ४ परीक्षा केन्द्रमा ६९८ जना परीक्षार्थी रहेका छन् ।

यस्तै २१ वटा परीक्षा केन्द्र रहेको कालिकोटमा ३ हजार ७६६, १७ परीक्षा केन्द्र रहेको जुम्लामा २ हजार ८७७ जना परीक्षार्थि रहेका छन् । २० वटा परीक्षा केन्द्र रहेको जाजरकोटमा ४ हजार ६५६ र २४ वटा परीक्षा केन्द्र रहेको दैलेखमा ५ हजार ७३५ परीक्षार्थि रहेका छन् ।

जम्मा ३८ हजार ९७० जना मध्ये नियमिततर्फ ३७ हजार ९०० र ग्रेड वृद्धितर्फ १ हजार ७० जना परीक्षार्थि रहेको निर्देशक हमालले जानकारी दिइन् । हमालका अनुसार अघिल्लो बर्षको भन्दा ३ वटा परीक्षा केन्द्र बढेको छ भने विद्यार्थीको संख्यमा खासै वृद्धि भएको छैन ।

 

तपाईको प्रतिक्रिया