मोदीले कर्नाटक कसरी गुमाए, के उनले भारत नै गुमाउन सक्छन् ?

 

स्थिति चुनौतीपूर्ण हुनसक्ने संकेतहरु स्पष्ट रुपमा नै देखिइसकेका थिए ।

दक्षिणी भारतको कर्नाटक राज्यमा मे १० मा ‘कर्नाटक विधानसभा चुनाव’ भएको थियो । मतदानपछि गरिएको एक्जिट पोलले प्रधानमन्त्री नरेन्द्र मोदीको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) भन्दा विपक्षी कांग्रेस पार्टीले अर्को सरकार बनाउने राम्रो सम्भावना रहेको अनुमान गरेको थियो ।

विगत केही वर्षयता भारतीय राजनीतिमा भाजपाले आफ्नो वर्चस्व र बहुमत नभएको ठाउँहरुमा पनि सरकार बनाएको देख्दा कमैले मात्र कांग्रेसले जित्ने कल्पना गरेका थिए ।

चुनौतिहरुका बावजुद, कांग्रेसले शनिबार कर्नाटक विधान सभामा २२४ सिटमध्ये १३५ सिट जित्न सफल भयो । सो पार्टीले कुल सदर मतको ४३ प्रतिशत भोट पायो जुन अघिल्लो चुनावभन्दा ५ प्रतिशतले बढी र भाजपाको भन्दा ७ प्रतिशतले बढी हो । सन् २०१८ मा १०४ सिट जितेको मोदीको भाजपा यसपटक भने ६६ सिटमा सिमित भयो । राज्यको तेस्रो ठूलो दल, जनता दल (सेक्युलर) ले भने १९ सिट जित्यो ।

त्यस्तो परिणाम आउनुमा स्थानीय राजनीतिको मुख्य भूमिका रहेको विश्लेषकहरु बताउँछन् । नतिजाको प्रतिध्वनि दिल्लीस्थित भाजपा मुख्यालयमा सुनिनेछ तर त्यसले सर्वसाधारणको मस्तिष्कमा रहेको प्रधानमन्त्री मोदीको छवि धमिल्याउँछ भन्ने चाहिँ होइन ।

‘कर्नाटकको कांग्रेस नेतृत्व एकजुट भयो तर भाजपा आफ्नै कुशासन र आन्तरिक कलहले टुट्यो’, कर्नाटकको राजधानी बेंगलुरुका एक अनुभवि राजनीतिक टिप्पणीकार तथा लेखक केएस दक्षिणा मूर्तिले बताए । ‘भगवा पार्टी विरुद्ध सत्ता विरोधी लहर स्पष्ट रुपमा नै देख्न सकिन्थ्यो’ उनले भविष्यमा तीरङ्गालाई भगवा झण्डाले विस्थापित गर्न सक्ने भाजपाको अभिव्यक्तिलाई उल्लेख गर्दै भने ।

मुख्य सन्देश

कर्नाटकको राजनीतिलाई तीन दशकदेखि कभर गरेका डेभिड बोडापतिका अनुसार कांग्रेसले राज्यमा सन् १९८९ पछि सबैभन्दा धेरै मतान्तरले जितेको छ । त्यस समयमा कांग्रेसले ४३.७६ प्रतिशत मतका साथै १७८ सिट जितेको थियो ।

यो स्पष्ट बहुमतले कांग्रेसलाई स्वतन्त्र सरकार बनाउने सक्षम बनाउँछ, जसरी २०१३ मा बनाएको थियो । २०१८ मा कांग्रेस ठूलो पाटी बनेतापनि बहुमत भने ल्याउन सकेको थिएन । जसका कारण पाँच वर्षको अवधिमा चार मुख्यमन्त्री र दुई सरकारले सपथ लिएका थिए । त्यसैले, अबको पाँच वर्ष कर्नाटकमा स्थिर सरकारको अपेक्षा गरिएको छ ।

कांग्रेसको बहुमतसँगै भाजपाले कर्नाटकसहित पाँचैवटा दक्षिणी राज्यहरु ः आन्ध्र प्रदेश, केरला, तामिलनाडु र तेलंगानाका सरकारमा कुनैपनि शक्ति राख्ने छैन ।

यी नतिजाले आगामी अप्रिल र मे मा हुने लोकसभा को चुनावमा मोदीको भाजपालाई हराउन कांग्रेसको मनोबल बढाउन सक्छ ।

कांग्रेसको जित धर्मनिरपेक्षताको जित हो त ?

‘यो धर्मनिरपेक्ष पार्टीको जीत हो । कर्नाटकका बासिन्दाहरुले साम्प्रदायिक राजनीति स्वीकार गर्दैनन् ।’ राज्य कांग्रेसको उच्च नेता तथा पूर्वमुख्यमन्त्री सिद्धरामैयाले चुनाव परिणामहरूको बारेमा प्रेससँग कुरा गर्दा बताए ।

अरु प्रतिपक्षी जस्तो चुप नरही कांग्रेसले मोदीको पार्टीको मुस्लिम विरोधी अभियानको विरोध गरिरहेको छ ।

आफ्नो भारत जोडो यात्रा (गत वर्ष १२ राज्य र दुई केन्द्र शासित प्रदेशहरुमा शान्ति र एकताको सन्देश फैलाउन कांग्रेसको पैदल यात्रा) मा कांग्रेस नेता गान्धीले कर्नाटकका २० वटा निर्वाचन क्षेत्र भ्रमण गरेका थिए । यात्रामा मानिसहरुले उनीप्रतिको घृणालाई मनैदेखि फालेर प्रेमको वर्षा गरेको सिद्धरामैयाको भनाइमा प्रतिध्वनित हुन्छ ।

कर्नाटकको ६० मिलियन बासिन्दा मध्ये १३ प्रतिशत रहेका मुस्लिमलाई लक्षित गर्दै भाजपा सरकारले कानून र प्रतिबन्धहरुको श्रृङ्खला पेश गरेको थियो । त्यसमा मुस्लिम विद्यार्धीहरुलाई हिजाब लगाउन प्रतिबन्ध र सरकारी जागिर र शैक्षिक संस्थाहरुमा मुस्लिम समुदायका लागि छुट्याउने ४ प्रतिशत आरक्षण हटाउनेबारे उल्लेख गरिएको थियो । हिन्दू धर्म छोड्न प्रलोभन देखाउनुका साथै धम्की समेत दिएको आरोप भारतको हिन्दू अधिकारले प्रायः मुस्लिम र क्रिश्चियनहरुलाई लगाउँदै आएको छ । भाजपा सरकारले जबरजस्ती धर्म परिवर्तन र गाईको हत्यालाई निषेध गर्न कानुन समेत ल्याएको थियो ।

भाजपाको शासनमा, कर्नाटकमा मुस्लिमहरुले बारम्बार उत्पीडनको सामना गरिरहेका छन् ।  मुस्लिममाथि भएको अत्याचारलाई ती कानुनहरुले घाउमा नुनचुकको काम गरिरहेको छ । धेरै मुस्लिम पुरुषहरुलाई लभ जिहादको आरोप लगाइ कुटपिट भाजपाको शासनमा गरिएको छ ।

गाईको मासु खाएको आरोपमा पछिल्लो मार्च ३१ मा मण्ड्यामा एक मुस्लिम व्यापारीको निर्मम हत्या गरिएको थियो । कर्नाटकका हिन्दू संगठनहरुले पनि हलाल गरेको मासुमा प्रतिबन्ध लगाउन र प्रार्थनाका समयमा लाउडस्पीकरको प्रयोगलाई प्रतिबन्धित गर्नसमेत आह्वान गरेका थिए । त्यतिमात्र नभइ मुस्लिम व्यापारीहरुलाई हिन्दूहरुको मन्दिरको व्यापार गर्नमा समेत प्रतिबन्ध लगाइएको थियो ।

यद्यपि, ‘इस्लामोफोबिया’ लाई उक्साएर भाजपाले कर्नाटकको सरकारबाट पाँचै वर्षका लागि बाहिरिए पनि, उत्तरी राज्यहरुमा राम्रो फाइदा भएको चुनावी नतिजाबाट प्रष्ट नै देखिन्छ ।

‘कर्नाटकका बौद्धिक र शान्तिप्रेमी जनताले भाजपाले अल्पसंख्यकहरूमाथि गरेको कट्टरता र हिंसालाई अस्वीकार गरेका छन्,’ कर्नाटकका कांग्रेस नेता अशोक मरिदासले अल जजीरालाई भने। ‘जनताहरू सुशासन, राम्रो सडक, अस्पताल र विद्यालयहरू र विपन्नहरूलाई सेवा गर्न चाहन्छन् ’।

स्थानीय समस्याः मूल्यवृद्धि, भ्रष्टाचार

राजनीतिक विश्लेषकहरूले मूल्यवृद्धि र भ्रष्टाचारलगायत क्षेत्रीय समस्याहरू भाजपाको हारको प्रमुख कारक रहेको दाबी गर्छन् । मूर्तिले निवर्तमान सरकार विरुद्धको भ्रष्टाचारको आरोप मतदाताको दिमागमा बसेको बताए । ‘यो भाजपाका लागि हानिकारक साबित भयो’ ।

गान्धीले ‘४० प्रतिशत सरकार’ भन्दै भाजपाका नेताहरु र अधिकारीहरुले राज्यको लगानी रहेको पूर्वाधार परियोजनाहरुको कुल टेन्डरको ४० प्रतिशत रकम घुस लिने गरेको आरोप लगाइरहे । त्यसले गर्दा पनि भाजपाको मत घटेको हुनसक्छ ।

मोदीले पनि कर्नाटकमा करिब दुई दर्जन चुनावी सभामा भाग लिए तर त्यति मात्रै पार्टीको भाग्यलाई बचाउन काफी भएन । ‘भाजपामा स्थानीय नेतृत्वको अभाव थियो । मोदीको जादूले कन्नडिगाहरु (कर्नाटकका मान्छेहरु) लाई छोएन’, बोडापतिले भने । बेंगलुरुस्थित भाजपाको पार्टी कार्यालयले भने चुनावी परिणामको झट्काबारे टिप्पणी गर्न अस्वीकार गरेका छन् ।

के यो भविष्यको संकेत हो ?

कर्नाटकको चुनावको नतिजाले २०२४ को लोकसभाको चुनावका लागि टोन सेट गर्ने मनाविज्ञानका क्षेत्रबाट राजनीतिमा लागेका योगेन्द्र यादवले बताए । उनले राज्यलाई ‘भारतीय लोकतन्त्र बचाउनको लागि युद्धभूमी’ भनेर वर्णन गर्दै भाजपाले ‘दक्षिणी राज्यलाई लिन्चिङ र लभ जिहादको केन्द्र’ प्रमाणित गर्न चाहेको बताए ।

तर मूर्ति सहमत छैनन् ।

‘प्रदेशको निर्वाचन स्थानीय तहको मुद्दा हो । हरेक चुनाव फरक हुन्छ,’ उनले भने, ‘म नतिजाले लोकसभा चुनावमा धेरै असर गरेको देख्दिनँ। यसपटकको चुनावको झट्काले गर्दा भाजपाले आफ्नो आक्रामक हिन्दुवादी राजनीतिको सीमितता महसुस गरेको छ । भाजपा हिन्दुत्व भनेर चिनिने हिन्दू धर्मको राजनीतिक रूपलाई पालन गर्दछ।

यद्यपि परिणामले कर्नाटक भन्दा बाहिर प्रभाव पार्ने र प्रतिपक्षको आत्मविश्वास बढाउनेमा मूर्ति स्वीकार गर्छन् ।

अलजजीरा

 

तपाईको प्रतिक्रिया