सुर्खेत । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको दोस्रो अधिवेशन आजदेखि सुरु हुने भएको छ । पहिलो अधिवेशन गत वैशाख १७ गते अन्त्य भएको थियो ।
उक्त बैठकमा कर्णाली प्रदेश सरकारको आगामी आव २०८०÷८१ को नीति तथा कार्यक्रम, त्यसको सिद्धान्त तथा उद्देश्यमा रहेर बैठकमा छलफल हुने जनाइएको छ ।
प्रदेश प्रमुखको कार्यालयको अधिवेशन आह्वानको पत्र प्राप्त भएबमोजिम कर्णाली प्रदेशसभा नियमावली, २०७९ को नियम ३ को उपनियम (३) बमोजिम सबै सभा सदस्यलाई आजको बैठकका लागि जानकारी गराइएको प्रदेशसभा सचिव जीवराज बुढाथोकीले जानकारी दिए ।


सञ्चारपथ । १० जेष्ठ २०८०, बुधबार ०२:३९