काठमाडौँ। ट्रान्सपरेन्सी इन्टरनेशन (टीआई)ले भ्रष्टाचार अवधारणा सूचकाङ्क सार्वजनिक गरेको छ।
जसअनुसार डेनमार्क सूचकाङ्कमा सबैभन्दा धेरै ९० अङ्क पाएर सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक बनेको छ भने नेपाल जम्मा ३४ अङ्क पाएर भ्रष्टाचार हुने मुलुकको ११०औँ स्थानमा परेको छ।
टीआईका अनुसार अघिल्लो वर्ष नेपालको स्थान ११७औँ स्थानमा रहेकामा यो वर्ष केही सुधार भएपनि भ्रष्टाचार हुने मुलुकहरूको श्रेणीमै कायम रहेको टीआई नेपालले मंगलबार जारी गरेको रिपोर्टमा उल्लेख छ।


सञ्चारपथ । १७ माघ २०७९, मंगलवार ०५:२८