सुर्खेत । पश्चिम सुर्खेतकाे पञ्चपुरी नगरपालिका स्थित विद्यापुर जनता बहुमुखी क्याम्पसका स्ववियु सचिव जनक बिष्टले अक्षयकोषको स्थापना गरेका छन्।
आफ्ना स्वर्गीय पिता चक्रबहादुर बिष्टको सम्झनामा उनले अक्षयकोषको स्थापना गरेका हुन्।
सोमबार बिष्टले स्थापना गरेको अक्षयकोष ५० हजारको रहेको छ। उनका बुबा यसअघि नै स्वर्गीय भइसकेका थिए।
उनकाअनुसार उक्त कोषमा जम्मा भएको रकम विद्यापुर जनता बहुमुखी क्याम्पसमा अध्ययपन गर्ने गरीब, जेहेन्दार अपाङ्ग र पिछडिएका विद्यार्थीहरुलाई छात्रवृत्ति स्वरूप प्रदान गरिने छ।


सञ्चारपथ । १७ जेष्ठ २०८०, बुधबार ०१:३९