श्रीमतिलाई हँसिया प्रहार गरी घाइते बनाउने श्रीमान पक्राउ

 

सुर्खेत । सुर्खेतमा एक व्यक्तिले आफ्नै श्रीमतिमाथि हँसिया प्रहार गरेका छन् । वीरेन्द्रनगर नगरपालिका–१२ बाघखोरका २९ बर्षीय किरण नेपालीले श्रीमति अमृता नेपालीमाथि हँसिया प्रहार गरेका हुन् ।

२६ बर्षीय अमृता हँसिया प्रहारपछि घाइते भएको सुर्खेत प्रहरीले जनाएको छ । मानसिक रोगको औषधी सेवन गरिरहेका किरणले आज बिहान बिना कारण एक्काशी अमृतामाथि हँसिया प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी लक्ष्मण शाहीले बताए ।

घाइते अमृतालाई प्रदेश अस्पताल कालागाउँमा उपचार भइरहेको छ ।

केटापनि मानसिक राेगीजस्तै भएकाले अस्पताल पुर्याउने तयारी भइरहेकाे प्रहरीले बताएकाे छ ।

तपाईको प्रतिक्रिया