जबरजस्ती करणी मुद्दामा फरार दुई जना पक्राउ

 

सुर्खेत । दैलेख प्रहरीले जबरजस्ती करणी मुद्दामा फरार दुई जना प्रतिवादीलाई प्रकाउ गरेको छ। पक्राउ पर्नेमा नारायण नगरपालिका–३ बस्ने अन्दाजी २५ वर्षीया मिना रेग्मी र महाबु गाउँपालिका–४ बस्ने अन्दाजी ३० वर्षीया दिपकप्रसाद पाण्डे रहेका छन् ।

रेग्मीलाई जबरजस्ति करणी मुद्दा शिर्षकमा जिल्ला अदालत दैलेखले २०७४।०८।१९ मा फैसला सुनाएको थियो।

पाण्डेलाई जबरजस्ति करणी मुद्दा शिर्षकमा जिल्ला अदालत दैलेखले २०७४।०३।१७ गते फैसला सुनाएको थियो।

उक्त फैसालपछि दुवै जना फरार रहेका थिए। प्रहरीले प्रकाउ परेका दुवै जनालाई जिल्ला अदालत दैलेखमा पेश गरेको जनाएको छ।

तपाईको प्रतिक्रिया