काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले सीमाबारे कहीँपनि विकल्प नदिएको बताएका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रचण्डले सीमाबारे विकल्प यो हुन्छ भनेर प्रस्तावित नगरेको स्पष्ट पारेका हुन् ।
आफूले सोहीअनुसार आफ्नो भूमिका खेलेको पनि प्रचण्डले बताए । उनले सिधा तथ्य भएको कुरालाई नघुमाउन पनि अनुरोध गरे । तुलनात्मक रुपमा भ्रमण सफल मात्रै नभई ऐतिहासिक भएको पनि प्रचण्डले बताए ।



सञ्चारपथ । २२ जेष्ठ २०८०, सोमबार ०६:४९