सुर्खेत । नेपाल बार एशोसिएसन सुर्खेतको अध्यक्षमा रामबहादुर भण्डारी चयन भएका छन् । सनिबार सम्पन्न साधारण सभाबाट भण्डारी अध्यक्षमा चयन भएका हुन् ।
यस्तै सचिवमा खगेन्द्रबहादुर खनाल निर्वाचित भएका छन् भने उपाध्यक्षमा अधिवक्ता टोपबहादुर वली, कोषाध्यक्षमा मोतिराम शर्मा, सह–सचिवमा आत्मादेवी श्रेष्ठ र सदस्यहरुमा रत्नबहादुर भण्डारी, डम्बरबहादुर थापा, जागेश्वर उपाध्याय, तेजबहादुर बोहोरा, प्रेमबहादुर फडेरा, उपेन्द्रकुमार रावत, मंगलसेन सार्की, केशवविक्रम खड्का, केन्द्रीय पार्षदमा वरिष्ठ अधिवक्ता प्रेमध्वज शाही, अधिवक्ता गीता कोइराला र अधिवक्ता हस्तराज रेग्मी निर्विरोध निर्वाचित भएका छन्।


सञ्चारपथ । १० असार २०८०, आईतवार ०४:५७