सुर्खेत । खेत गोड्ने क्रममा करेन्ट लागेर जुम्लामा एक जना किशोरीको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।
मृत्यू हुनेमा कनकासुन्दरी गाउँपालिका –८ की अन्दाजी १७ वर्षीय प्रमिला परियार रहेकी छन् ।
जुम्ला प्रहरीका अनुसार सोही वडाको खलापानी भन्ने ज्युलोमा धान रोपेको खेत गोड्ने क्रममा लुड्कु जलविद्युत आयोजनाको विद्युुतको तारबाट करेन्ट लागेर उनको मृत्यू भएको हो ।
हावाहुरीले विधुत तारा खेतमा परेको थियो । पानीमै परेको हुनाले खेत गोडीरहेको अवस्थामा करेन्ट लाग्न गएको हो ।
यस्तै करेन्ट लागेर नै सोही गाउँकी शान्ति दमाई, राजु दमाई, मन दमाई, र विरु दमाई घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रवक्ता एवं सुचना अधिकारी धर्मराज जोशीका अनुसार घाइते सबैको अवस्था सामान्य रहेको छ । उनिहरुको उपचार अहिलेसम्म कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा भइरहेको छ ।


सञ्चारपथ । १२ असार २०८०, मंगलवार ०५:०६