कर्णालीमा एमालेद्धारा संसद अबरुद्ध

सुर्खेत । कर्णालीमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद अबरुद्ध गरेको छ ।

आज प्रदेश सभाको १६ औँ बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल गर्ने कार्यतालिका रहेको थियो । तर, सदन सुरु भए लगत्तै एमाले प्रमुख सचेतक टेकराज पछाईले ‘बजेट पैत्रिक सम्पत्ति’ बाँडे जसरी बाँडिएको र यसबाट प्रदेशको विकास र परिवर्तन सम्भवन नहुने बताए ।

साथै उनले बजेटमा पुर्ण रुपमा बिचौलिया प्रवेश गरेको पनि बताए ।

लगत्तै एमालेले कार्यसुचीमै प्रवेश गर्न नदिएर सदन अवरोध गरेको ग¥यो । सभामुख नन्दा गुरुङले पटक–पटक सभा सञ्चालनमा समेत सहयोग गर्न आग्रह गर्दा पनि नमानेपछि आधा घण्टाका लागि बैठक स्थगित भएको हो ।

तपाईको प्रतिक्रिया