कालीकोटका पाँच स्थानीय तहमा कालाजारका बिरामी भेटिएका छन् । पचालझरना, पलाता, सान्नित्रिवेणी, रास्कोट र नरहरिनाथमा कालाजारका बिरामी फेला परेका हुन् ।
आर्थिक वर्ष २०७७/७८ मा ४३ तथा आव २०७८/७९ मा २८ कालाजारका बिरामी फेला परेका उनले जानकारी दिए ।
जलवायु परिवर्तनका कारण पहाडी जिल्लामा कालाजारको असर देखिन थालेको जिल्ला अस्पतालका प्रमुख डा सङ्केत विश्वकर्माले बताए । “पहिला तराईमा मात्र देखिने कालजार र ओलौरोग पछिल्लो समय पहाडी जिल्लामा समेत देखिन थालेको छ”, उनले भने, “तापक्रममा वृद्धि भएसँगै लामखुट्टे बढ्दा यो रोग देखिएको हो ।”



सञ्चारपथ । १५ असार २०८०, शुक्रबार ०२:४३