रविको पार्टी खारेजीको माग गर्दै निर्वाचन आयोगमा उजुरी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी खारेजीको माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ। रवि लामिछाने सभापति रहेको उक्त पार्टी खारेजीको मागसहित युवराज पौडेल ‘सफल’ ले बुधबार निर्वाचन आयोगमा उजुरी दिएका हुन्।

एक जना गैरनागरिक उपप्रधानमन्त्री तथा गृहमन्त्री हुँदा राष्ट्रको गोपनीयता भङ्ग भएको र उक्त गतिविधि राष्ट्रिय हितविपरीत भएको उजुरीमा उल्लेख छ ।

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ ले राजनीतिक दलले राष्ट्रिय गोपनीयता भङ्ग गर्ने, नेपालको सुरक्षामा आँच पुर्याउने गरी कुनै विदेशी राज्य, सङ्गठन वा प्रतिनिधिलाई सहयोग गर्नेलगायतको कार्य गर्न बन्देज लगाएको छ ।

सोही ऐनको दफा १२ ले राष्ट्रिय गोपनीयता भङ्ग गर्ने, सुरक्षामा आँच पुर्याउने गरी विदेशी राज्य, सङ्गठन वा प्रतिनिधिलाई सहयोग गर्नेलगायतका कार्य गरेमा आयोगले त्यस्तो दलको दर्ता खारेज गर्न सक्ने व्यवस्था गरेको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले दल खारेजको माग उठेपछि त्यस सम्बन्धमा आयोगले आवश्यक छलफल गर्ने बताए ।

तपाईको प्रतिक्रिया