एमालेबाट निर्वाचित यी वडाध्यक्ष, जसले उपभोक्ता समितिको साढे ६ लाख लुटेर फरार, प्रहरीका उजुरी

 

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका –३ का वडाध्यक्षसहित ३ जनाले एउटा उपभोक्ता समितिको ६ लाख ५० हजार रकम लुटेर फरार भएको पाइएको छ।
वडाध्यक्ष विनोदसिं विष्ट, सुशिल गुरुङ, बलिराज शाहीले सोही वडाको खोर्केखोला तटबन्धन उपभोक्ता समितिको रकम लिएर फरार भएका हुन् ।
उपभोक्ता समितिका व्यक्तिहरूले सो विषयलाई लिएर जिल्ला प्रहरी कार्यालयमा उजुरी समेत दिएका छन्।

बिहीबार दिउँसो ३ बजेतिर टोल समितिको अध्यक्षको घरबाट उनीहरुले रकम लिएका हुन् ।उनीहरुले काम सिद्ध्याई बाँड्न लागेको रकम धम्क्याएर लगेको उपभोक्ता समितिका सदस्य दिपा खड्काले बताइन् । उक्त विषयमा अहिले पत्रकार सम्मेलन गरिने पनि उनले बताइन् ।

‘उहाँ आएर एक्कासी पैसा थुतेर छापामार शैलीमा जानुभयो,’ उनी भन्छिन्,‘ यसरी उपभोक्ता समितिको पैँसा लुटेर फरार हुन पाइँदैन, हामीले कानुनी कारबाहीको तयारी गरिरहेका छौँ । उजुरी पनि हालिसकेका छौँ ।’

वडाध्यक्ष विष्ट पटक–पटक विवाद र चर्चामा आउँछन् । एमालेबाट निर्वाचित विष्टले यसअघि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिवलाई मुक्का हानेर चर्चामा आएका थिए ।

 

uuu

तपाईको प्रतिक्रिया