उपभोक्ता समितिको साढे ६ लाख चोरेको आरोपमा एमालेबाट निर्वाचित वडाध्यक्ष पक्राउ

 

सुर्खेत। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका –३ का वडाध्यक्ष विनोदसिं विष्ट पक्राउ परेका छन् । आइतबार विष्ट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सुर्खेता डीएसपी लक्ष्मण शाहीले बताए ।

उनका अनुसार विष्टलाई उपभोक्ता समितिको ६ लाख ५० हजा रकम दिउँसै आएर रकम लुटपात गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो ।

वडाध्यक्ष विष्टसहित ३ जनाले एउटा उपभोक्ता समितिको ६ लाख ५० हजार रकम लुटेर फरार भएको उजुरी प्रहरीकोमा आएको थियो ।

वडाध्यक्ष विनोदसिं विष्ट, सुशिल गुरुङ, बलिराज शाहीले सोही वडाको खोर्केखोला तटबन्धन उपभोक्ता समितिको रकम धम्क्याएर लगेको उजुरीमा उल्लेख छ। बिहीबार दिउँसो ३ बजेतिर टोल समितिको अध्यक्षको घरबाट उनीहरुले रकम लिएका हुन्।

उनीहरुले काम सिध्याई बाँड्न लागेको रकम धम्क्याएर लगेको उजुरीमा उल्लेख छ । गुरुङ र शाही सनिबार नै पक्राउ परिसकेका छन् ।

तपाईको प्रतिक्रिया