पलको प्रश्न: निधारमा ‘बलात्कारी हुँ’ लेखेर देश छाडौँ कि रत्नपार्कमा ‘आत्मदाह’ गरौँ?

 

नायक पल शाहले आफूमाथि अझै ‘बलात्कारी’को आरोप लाग्ने गरेकोप्रति असन्तुष्टि व्यक्त गरेका छन्।

कान्तिपुर टेलिभिजनबाट प्रसारित सन्दीप क्षेत्रीको टक शो ‘ह्वाट द फ्लप’मा आफूसँग गरिएको अन्तरर्वार्ता विवादित बनेर हटाइएपछि शाहले सोमबार साँझ सामाजिक सञ्जालमा लामो स्ट्याटस लेख्दै अदालतबाट सफाइ पाएपछि पनि आफूले निधारमा ‘म बलात्कारी हुँ’ लेखेर हिँड्नु पर्ने हो? भन्दै प्रश्न गरेका हुन्।


‘म के गरौँ? कसरी बाचौँ?कसरी हिँडौँ,कसरी बोलौँ, कसरी खाउँ? कसरी लाउँ? कि मैले निधारमा म बलात्कारी हुँ लेखेर देश छाडौँ? कि मैले खुल्लमखुल्ला रत्नपार्कमा गएर आत्मदाह गरौँ?’, उनलेले लेखेका छन्।

उक्त अन्तर्वार्ता सार्वजनिक भएपछि बलात्कार जस्तो गम्भीर विषयमा मजाक गरी पीडितलाई झनै अप्ठेरो पारेको भन्दै पल र सन्दीपको चौतर्फी विवाद भएको थियो।

सामाजिक सञ्जालमा चर्को विवाद र अदालत नै जाने भन्दै महिला एवम् मानवअधिकारकर्मीले गरेको टिप्पणीपछि टेलिभिजनले उक्त शो हटाएको हो।

तपाईको प्रतिक्रिया