कांक्रेविहारको जंगलमा जरायो मार्ने पाँच जना पक्राउ

 

सुर्खेत । कांक्रेविहार संरक्षित जंगल क्षेत्रभित्र जरायो मारेको आरोपमा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ । जरायो मारेर मासु भागवण्डा गरिरहेको अवस्थामा वीरेन्द्रनगरको नयाँ गाउँ भन्ने स्थानबाट उनीहरुलाई पक्राउ गरिएको हो ।
जरायो मारेको गोप्य सुचनाको आधारमा प्रहरी बिहान साढे ३ बजेतिर घटनास्थलमा पुगेको थियो ।

घटनामा अन्य व्यक्तिहरुको पनि संलग्नता देखिएकाले पक्राउ परेकाहरुको नाम भने सार्वजनिक गरिएको छैन ।

कांक्रेविहार एक पर्यटकीय क्षेत्रका साथै संरक्षित जंगल पनि हो ।

तपाईको प्रतिक्रिया