जुम्लाको गुठिचौर गाउँपालिकाका उपाध्यक्ष शान्तिकुमारी मल्लद्धारा सोही पालिकाका अध्यक्ष दानबहादुर बुढामाथि हातपात भएको छ ।
आइतबार गाउँ कार्यपालिकाको बैठकमै मल्लले बुढामाथि हातपात गरेकी हुन् ।
अध्यक्षले बजेटमा मनपरी गरेको आरोप मल्लको छ । अध्यक्ष बुढाले भने आफुमाथि हातपात भएको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।
उपाध्यक्ष मल्लले अध्यक्ष बुढामाथि चप्पलले नै हिर्काउन थालेकी थिइन् । यद्यपि चप्पल भने लाग्न नसकेर उनले हातपात गरेकी हुन् ।
उपाध्यक्ष मल्ल नेकपा एकीकृत समाजवादीबाट निर्वाचित हुन् भने अध्यक्ष बुढा नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि हुन् ।


सञ्चारपथ । ३१ असार २०८०, आईतवार १४:१४