सुर्खेत । कर्णाली प्रदेश प्रहरी सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सभामा टेबुल भएको छ ।
आन्तरिक मामिला तथा कानून मन्त्री कृष्णबहादुर जिसीले सोमबार प्रदेश सभाको ३० औँ बैठकमा सभामा टेबुल गरेका हुन् ।
उले प्रदेश सभा नियमावली, २०७९ को नियम १११ को उपनियम ३ बमोजिम सभा समक्ष टेबुल गरेका हुन् ।
उनले प्रदेशमा शान्ति सुरक्षा कायम गर्दै, अपराधको अनुसन्धान, रोकथाम र नियन्त्रण मार्फत संविधान प्रदत्त मौलिक हक, मानवअधिकारको संरक्षण तथा सम्बद्र्धन र नागरिक स्वतन्त्रताको रक्षा गर्न प्रदेश प्रहरीको गठन, सञ्चालन सुपरिवेक्षण, समन्वय, व्यवस्थापन र नियमनका लागि कानुनी व्यवस्था गर्न आवश्यक भएकोले विधेयक ल्याइएको बताए ।
विधेयक सभाबाट पारित भई प्रदेश प्रमुखद्वारा प्रमाणित भएमा कर्णाली प्रदेशको आफ्नै प्रहरी सम्बन्धी ऐन बन्नेछ ।


सञ्चारपथ । २९ श्रावण २०८०, सोमबार १०:२३