सुर्खेत । हुम्ला र रुकुम पश्चिममा गरी दुई जनाको भिर बाटा लडेर मृत्यू भएको छ । मृत्यू हुनेमा हुम्ला ताजाकोट गाउँपालिका–४ का कर्ण ढकाल र मुसिकोट नगरपालिका–१२ नयाँ गाउँका ५५ बर्षीय कालि बहादुर खत्री रहेका छन् ।
ढकाल सोही गाउँको mपुनलोटे भिरमा घाँस काट्न गएको थिए । सोही भिर बाट लडी भिरमै अड्की मृत्यू भएको प्रहरीले जनाएको छ ।
खत्रीको सोलाबाङ बजारबाट घरतर्फ जाने क्रममा बादुरे मान्छे बस्ने डाँडा गोरेटो बाटोदेखि लडेर मृत्यू भएको हो । उनी २ सय मिटर तल खसेका थिए ।


सञ्चारपथ । ३१ श्रावण २०८०, बुधबार ०३:२९