माओवादीका दाेस्ति फटाहरुसँग हुन थाल्याे, दाेस्तिले गर्दा हामी बिग्रिँदै गएकाे अवस्था छ : मातृका यादव

 

सुर्खेत। नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं कर्णाली प्रदेश इन्चार्ज मातृका यादवले पार्टी कमजाेर हुनुका पछाडि विभिन्न कारणहरु रहेको बताए।

प्रेस सेन्टरसँग भेटघाट कार्यक्रममा उनले अरुसँगकाे दाेस्तिका कारण पनि पार्टी केमजाेर रहेकाे बताए।

 

उनले भने,’ माओवादीका दाेस्ति फटाहरुसँग हुन थाल्याे । दाेस्तिले गर्दा हामी हरेक हिसाबले फस्दै, बिग्रिँदै गएकाे अवस्था छ।’

दाेस्तिले पनि माओवादीलाई कमजाेर बनाएकाे उनकाे भनाइ थियाे ।

साथै उनले पार्टीभित्र पनि विभिन्न खालका समस्याहरु रहेको बताए । ‘अहिले पार्टीबाटनै जितेर मेयर, वडाध्यक्ष बनेकाे व्यक्तिले पार्टीलाई नटेर्ने भयाे,’उनले भने,’पार्टीप्रति हिजाेकाे जस्तो अहिले सम्मान छैन।’

मधेशमा पार्टी कमजाेर रहेकाे बताउँदै उनले कर्णालीमा माओवादी अझै बलियाे पार्टी रहेकाे बताए ।

‘कर्णालीमा माओवादी सबै हिसाबले बलियाे पार्टी हाे,’ उनले भने,’मैले राेजेकाे ठाउँ पाएकाे थिएन ‌। तर, याे पटक कर्णालीमा आएकाे छु ।’

यादवले नेता राजा नभई जनताकाे सेवक बन्न सक्नुपर्नेमा जाेड दिए । त्यसका अलवा सबै चिजमा पारदर्शी हुन सक्नुपर्ने उनले बताए ।

 

तपाईको प्रतिक्रिया