कर्णालीमा पहिलो पटक रग्बी प्रतियोगिता हुँदै

सुर्खेत ।
कर्णाली प्रदेशमा पहिलो पटक रग्बी प्रतियोगिता हुँदैछ । शनिबारदेखि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा Karnali province rugby 7s tournament  प्रतियोगिता हुने भएको हो ।

शनिबारबाट सुरु हुने प्रतियोगितामा कर्णाली प्रदेशका ७ वटा टिमले भाग लिनेछन् । प्रतियोगितामा सुर्खेत, दैलेख, कालिकोट, मुगु, जुम्ला, रुकुम पश्चिम र सल्यानबाट पुरुष टिमले सहभागिता जनाउने आयोजकले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो । संघका कर्णाली प्रदेश अध्यक्ष सुरेन्द्र कँवरले प्रतियोगिता ७/७ गरि जम्मा १४ मिनेटको हुने र प्रतियोगिता कालिञ्चोक रग्बी मैदानमा बिहान ९ः०० बजेबाट सुरु हुने जानकारी दिए ।

रग्वी खेललाई केन्द्रदेखी प्रदेश हुँदै गाउँ गाउँसम्म विकास र विस्तार उदेश्यका साथ प्रतियोगिता आयोजना गरिएको संघका अध्यक्ष कँवरले बताए ।

नेपाल रग्वी संघ तथा बागमती प्रदेश खेलकुद बिकास समितीको आयोजनामा भएको दोस्रो बागमती प्रदेश नेसनल रग्बि सेभेन २०८०  र कोशी प्रदेश रग्वी संघ तथा नेपाल रग्वि संघको संयुक्त आयोजनामा भएको नेसनल यु–२० राष्ट्रिय प्रतियोगितामा कर्णाली प्रदेशले स्वर्ण पदक जितेको थियो ।

तपाईको प्रतिक्रिया