एसइई नतिजा सार्वजनिक, साढे २ लाख फेल

काठमाडौं  राष्ट्रिय परीक्षा बोर्डले २०८० सालको माध्यमिक शिक्षा परीक्षा ९एसइई० को नतिजा सार्वजनिक गरेको छ। आज बिहान बसेको बोर्ड बैठकको निर्णयसँगै नतिजा सार्वजनिक भइसकेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए।

आज सार्वजनिक भएको नतिजा अनुसार ५२ प्रतिशत अर्थात् २ लाख ४२ हजार ९२ जना फेल ९एनजी० भएका छन्। नतिजा अनुसार १८६ जनाले चार जीपए ल्याएका छन्। अध्यक्ष शर्माका अनुसार २ सय २१ जनाको परीक्षा रद्द गरिएको छ।

उनका अनुसार केही समयपछि परीक्षार्थीहरूले नतिजा हेर्न सक्ने छन्। परीक्षा बोर्डले हिजो नै नतिजा सार्वजनिक गर्ने तयारी गरेको थियो। बोर्ड बैठक पनि बस्यो। तर,आन्तरिक तयारी नसकिएपछि नतिजा सार्वजनिक हुन सकेको थिएन।

गत चैत १५ गतेदेखि शुरु भएको एसइईमा नियमिततर्फ चार लाख ६७ हजार र ग्रेड वृद्धितर्फ २१ हजार परीक्षार्थी सहभागी थिए।

बोर्डले एसइई नतिजा कसरी र कहाँबाट हेर्ने भनी सार्वजनिक सूचना नै जारी गरेर जानकारी दिइसकेको छ। एसइई नतिजा वेबसाइट,एसएमएस र आइभिआरबाट हेर्न सकिनेछ। नेपाल टेलिकमले पनि नतिजा हेर्नका लागि सार्वजनिक सूचना नै जारी गरेर जानकारी दिएको छ।

आइभिआरका लागि नेपाल टेलिकमको ल्यान्डलाइन फोन,मोबाइलबाट १६०० डायल प्राप्त निर्देशनअनुसार गर्नुपर्ने छ।

तपाईको प्रतिक्रिया