काठमाडौँ। कैलाली निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य अरुणकुमार चौधरीलाई कारागार चलान गरिएको छ। शुक्रबार बिहान प्रहरीले जिल्ला अदालत कैलाली बुझाएपछि अदालतले प्रतिनिधिसभा सदस्य चौधरीलाई कारागार चलान गरेको हो।
नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित चौधरीसहितलाई १० वर्षअगाडि थरुहट आन्दोलनताका ट्याक्टरमा आगजनि गरेको अभियोगमा जिल्ला अदालत कैलालीले ६ महिना कैद र ८ लाख १८ हजार ४२३ रुपैयाँ पीडितलाई उपलब्ध फैसला गरेको थियो। प्रहरीले उनलाई विहीबार बाँकेबाट पक्राउ गरेको हो ।



सञ्चारपथ । २० माघ २०७९, शुक्रबार ०७:१६