सुर्खेत । प्रदेश राजधानी वीरेन्द्रनगर बजार क्षेत्रमा ट्राफिक व्यवस्थापन भद्रगोल बनिरहेको छ । विशेषगरी रत्नराजमार्ग अन्तर्गत धुलियाबिट–मंगलगढी हुँदै बाङ्गेसिमल खण्डमा पर्ने अधिकांश क्षेत्रको ट्राफिक व्यवस्थापन भद्रगोल देखिएको हो ।
सवारी र यात्रुको बढी चाप हुने मुख्य क्षेत्र दैलेख रोड चोक, मंगलगढी, यरीचोक, मुलपानी, वीरेन्द्रचौक, गणेश चौक, भैरवस्थान, इत्राम, खजुरा लगायतका क्षेत्रको फुटपाथ ठेलामा व्यापार गर्नेहरुको कब्जामा रहेको छ ।
पदैल यात्री हिँड्ने फुटपाथमा साना व्यावसायीले अव्यवस्थित रुपमा ठेला राख्दा थप दुर्घटनाको जोखिम बढ्दै गएको छ । सडककै किनारामा जथाभावी ठेला राख्ने र अटो तथा साना ठुला गाडिहरु पार्किङ गर्दा पैदल यात्रुलाई सहज आवागमनमा बाधा भइरहेको छ । अनावश्यकरुपमा सडक अतिक्रमण हुँदा नियामक निकाय मुख दर्शक बनेर बसेको नागरिकको आरोप छ ।


सञ्चारपथ । ७ पुष २०८१, सोमबार ०६:३८