नेपाली बजारमा नयाँ उत्साह थप्दै कुलप्याडका अत्याधुनिक माेबाइल सार्वजनिक

 

काठमाण्डौ। नेपालमा मोबाइल फोनको बजारमा नयाँ उत्साह थप्दै बीजी ग्रुपले अन्तर्राष्ट्रिय स्मार्टफोन ब्रान्ड कुलप्याडका अत्यधुनिक मोडलहरू नेपाली बजारमा ल्याएको छ।

काठमाण्डाैमा आयोजित कार्यक्रममा बीजी ग्रुपकाका सीईओ समर्पण मिश्रले कम्पनीले नेपाली उपभोक्ताहरूलाई विश्वस्तरीय उत्पादन र सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाए ।

सेल्स प्रमुख विशाल बरालले १५ वर्षभन्दा लामो अनुभव र कम्पनीको सामूहिक प्रयासले नेपाली बजारमा नयाँ प्रविधि भित्राउन सफल भएकाे बताए ।

सार्वजनिक गरिएका मुख्य मोडलहरू

Coolpad X100 – 108MP AI ट्रिपल क्यामेरा, 120Hz अल्ट्रा स्मूथ डिस्प्ले, Helio G99 गेमिङ प्रोसेसर। स्लोगन: Next-Level Cool

Coolpad C16 – 5000mAh ब्याट्री, 90Hz डिस्प्ले, 50MP AI ट्रिपल क्यामेरा। स्लोगन: See More, See Power
Coolpad C15 – बलियो बनावट र आकर्षक डिजाइन। स्लोगन: Bold Style, Meets Strength

Coolpad CP12 Neo – 120Hz स्मूथ डिस्प्ले र 5000mAh ब्याट्री, उत्कृष्ट प्रयोगकर्ता अनुभवका लागि।
कम्पनीका अनुसार यी सबै मोडलहरू अब देशभरका प्रमुख मोबाइल स्टोरमा उपलब्ध हुनेछन्। यसले नेपाली मोबाइल बजारमा प्रतिस्पर्धा र उत्साह थप्ने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया