काठमाडौँ। अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग ‘युएसएआईडी’ की प्रमुख सामन्था पावर आज नेपाल आउने भएकी छिन्।
अमेरिकी विदेश मन्त्रालयको राजनीतिक मामिला हेर्ने उपमन्त्री भिक्टोरिया नुल्याण्डले नेपाल भ्रमण गरेर फर्किएको एक साता नपुग्दै पावर नेपाल आउन लागेकी हुन्। पावरको भ्रमणका विषयमा युएसएडले गत विज्ञप्तिमार्फत जानकारी गराएको थियो।


सञ्चारपथ । २४ माघ २०७९, मंगलवार ०६:१४