काठमाडौँ। चर्चित फुटबल खेलाडी लियोनेल मेस्सीले भूकम्पग्रस्त सिरिया र टर्कीलाई ३.५ मिलियन युरो रकम सहयोग गरेका छन्।
टर्कीको मिडियालाई उद्धृत गर्दै टिराना पोस्टले अर्जेन्टिनी खेलाडी मेस्सीले आफ्नो फाउन्डेसनलाई भूकम्पले तहसनहस भएको क्षेत्रमा रकम सहयोग प्रदान गर्न निर्देशन दिएको बताएको छ। ३.५ मिलियन युरो भनेको करिब ५० करोड रुपैयाँ हो। सोमबारको भूकम्पमा परी हालसम्म १५ हजारको मृत्यु पुष्टि भएको छ।


सञ्चारपथ । २६ माघ २०७९, बिहीबार १०:२७