काठमाडौँ। प्रतिनिधि सभाको बैठक आज बस्दैछ।
बिहान ११ बजेबाट सुरु हुने बैठकमा सम्भावित तीन कार्यसूची छन्। बैठकमा कानुन मन्त्री वबहादुर प्रधानले सम्पत्ती शुद्धीकरण तथा व्यवसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक २०७९ पेस गर्ने छन्।
त्यसअघि उक्त विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिने छ।
यसैगरी कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७८ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि छ।


सञ्चारपथ । ३ फाल्गुन २०७९, बुधबार ०५:००