काठमाडौँ। नेपाली कांग्रेसका सांसद प्रदिप पौडेल पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीमाथि खनिएका छन्।
संसदमा छाति फुलाएर संसद विघटन सहि थियो भनेर बोलेकोप्रति आपत्ति जनाएका पौडेलले प्रधानमन्त्रीमा सुपर प्रधानमन्त्री बन्न खोजेको आरोप लगाएका छन्।
उनले भने, ‘ओलीजि सुपर प्रधानमन्त्री बन्न खोज्नु भएको छ। बालुवाटार र बालकोटको दौड बढेको छ। आफ्नै घरमा लालमोहर लगाई दिने राष्ट्रपति चाहिएको हो ? कांग्रेसले ढोक्सा थापेको मान्ने हो भने संविधान र लोकतन्त्रका निम्ति ढोक्सा थाप्न तयार छ।


सञ्चारपथ । ३ फाल्गुन २०७९, बुधबार ०७:५३