काठमाडौँ। नेपालले विश्वकप लिग २ मा स्कटल्यान्डविरुद्धको खेलमा पहिला फिल्डिङ गरिरहेको छ। ३० ओभरको खेलसम्म आइपुग्दा सन्दीप लामिछानेले ४ विकेट र कुशल मल्ले एक विकेट लिएका छन्।
मंगलबार नेपालले टस जितेर स्कटल्यान्डलाई ब्याटिङका लागि बोलाएको हो। नेपालले त्रिकोणात्मक शृंखलामा लगातार चौथो पटक टस जितेको हो। नेपालले पहिलो तीन खेल जितेको छ र स्कटल्यान्डसँगको खेल जितेमा क्लिन स्विप गर्नेछन्।
नेपालले यसअघिको ६ शृंखलामा २ खेल भन्दा जित्न सकेको थिएन्। नेपालले यसै शृंखलामा स्कटल्यान्डविरुद्धको खेलमा ३ विकेटको विजय हात पारेको थियो।
स्कटल्यान्डले नामिबियाविरुद्ध यस शृंखलामा दुवै खेल जितेको छ। नेपालले अघिल्लो दिन नामिबियाविरुद्धको खेलबाट लिएम नेलरको स्थानमा जर्ज मुन्सीलाई टोलीमा फिर्ता बोलाएको छ। नामिबियाको पहिलो खेलमा अविजित शतक बनाएका मुन्सीले त्यसपछिका दुई खेल खेलेका थिएनन्।
नेपालविरुद्धको खेलमा नखेलेका मुन्सीसहित काएल कोएटर र साफियन सरिफलाई आजको खेलमा खेलाएको छ। नेपालले तीव्र बलर गुलशन झाको स्थानमा देव्रेहाते स्पिनर ललित राजवंशीलाई टोलीमा राखिएको छ।
स्कटल्यान्ड ३५ खेलमा ५० अंकसहित यसअघि नै विजेता बनिसकेको छ र आजको खेल लिग २ मा टोलीको अन्तिम खेल हो। स्कटल्यान्डलाई आज खेल समाप्तपश्चात विजेता ट्रफी पनि दिने कार्यक्रम रहेको छ।


सञ्चारपथ । ९ फाल्गुन २०७९, मंगलवार ०५:३२