हेलचक्राइँ नगर्नुहोस् ! कोरोना फैलिदैछ

 

सुर्खेत । नेपालमा पछिल्लो समय पुनः कोरोना फैलिन थालेको छ । पछिल्लो २४ घण्टामा थप १३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९७ जनाको पीसीआर परीक्षण गर्दा ३४ जना र १ हजार २२७ जनाको एन्टीजेन परीक्षण गर्दा १०२ गरी १३६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा ६८ जना कोरोना संक्रमणबाट मुक्त हुँदा ४०१ जना सक्रिय संक्रमित रहेका छन् ।

मन्त्रालयका अनुसार ३२ जना संस्थागत आइशोलेशनमा, ११ जना आइसियु र ३ जनाको भेन्टीलेटरमा उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया