रुसको पछिल्लो आक्रमणबाट ८ युक्रेनी नागरिकको मृत्यु

एजेन्सी । रुसको आक्रमणबाट दुई वर्षीय बालकसहित आठ युक्रेनी नागरिकको मृत्यु भएको छ ।

युक्रेनको पूर्वी डोनबास क्षेत्रको स्लोभ्यान्स्कमा रुसमा आक्रमण गर्दा आठ जनाको मृत्यु र २१ जना घाइते भएका हुन् ।

आक्रमणबाट भग्नावशेष भएका क्षेत्रमा अझै केही मानिस फसेको हुन सक्ने आशङ्कासहित खोजी भइरहेको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन् ।

युक्रेनका अनुसार रुसी सेनाले पाँच वटा घर, अपार्टमेन्ट र विद्यालयलाई लक्षित गरेर विस्फोट गराएको छ । २०२२ फेब्रुअरीदेखि रुसले युक्रेनमाथि निरन्तर आक्रमण गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया