भारतको असमको राजधानी गुहावटीमा झन्डै १२ हजार जनाको सहभागितमा विश्व कीर्तिमानी नृत्य प्रदर्शन गरिएको छ। अप्रिल १३ मा प्रदर्शन गरिएको नृत्यलाई गिनिज बुकमा समेत रेकर्ड गरिएको छ।
विश्वभरमा नै हालसम्मकै सबैभन्दा बढी नर्तक/नर्तकी एकैस्थानमा सहभागी भएर गरिएको नृत्यका रूपमा बिहु डान्सलाई गिनिजमा रेकर्ड गरिएको हो।
सरुसजाई रंगशालामा बिहीबार बेलुका प्रदर्शन गरिएको नृत्यमा ११ हजार ३०४ नर्तक/नर्तकी सहभागी थिए। त्यस्तै सोही नृत्यमा २ हजार ५४८ जना ड्रमवादक पनि सहभागी थिए। ड्रमवादनले पनि विश्वकीर्तिमान कायम गरेको छ। यसअघि १ हजार ३ सय ५६ ड्रमवादन प्रदर्शनलाई पछि पार्दै यसले विश्व कीर्तिमान कायम गरेको हो।
राज्यका सबै जिल्लाबाट नृत्य कलाकार सहभागी भएका थिए। यीमध्ये धेरैजसो महिला/बालिका कलाकार थिए। नाचमा सहभागीहरूलाई छनौट गरी स-सानो समूहमा केही साता प्रशिक्षण गरिएको थियो। उनीहरूले १५ मिनेट ‘धमाकेदार’ नृत्य गरेको भन्दै असम सरकारका मुख्यमन्त्री हेमन्तविश्व शर्माले बधाई ज्ञापन गरेको छ।
बिहु असमको परम्परागत नृत्य हो। बसन्त ऋतुमा पर्ने बोहाग बिहुका बेला यो नाच नाच्ने गरिएको छ।
नृत्य प्रदर्शन हुनुभन्दा अघि गिनिज वर्ल्ड रेकर्डका ऋषि नाथले यसअघि ५ सय जनाले एकै स्थानमा बिहु डान्स प्रदर्शन गरेको बताएका थिए। तर त्यो नृत्यले सबैभन्दा बढी व्यक्ति सहभागी भएर गरिएको नृत्य थिएन।
सन् २०१५ को अक्टोबरमा ९ हजार ८९२ जना सहभागी भएर भारतकै हिमाञ्चल प्रदेशमा नाती डान्स प्रदर्शन गरेका थिए। त्यस नृत्यले भने रेकर्ड बनाएको थियो। तर त्यो रेकर्ड बिहीबार गुहावटीको बिहु नृत्यले तोडेको नाथले बताए।
सबैभन्दा धेरै व्यक्त नाचमा सहभागी गराएर प्रदर्शन गराएको भन्दै गिनिजले असम सरकारलाई रेकर्ड कायम गरेको प्रमाणपत्र हस्तान्तरण गरेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा सोही रंगशालामा शुक्रबार प्रमाणपत्र प्रदान गरिएको थियो।
रोयटर्स
रोयटर्स
एनएनआई।
एएनआई।
एनएनआई
सिन्ह्वा।
एएनआई
नर्तकनर्तकीसँग मुख्यमन्त्री शर्मा। तस्बिर: पीटीआई।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कीर्तिमानी नृत्यको भिडियो युट्युबमा राखेका छन्। भिडियोमा हेर्नुहोस्:


सञ्चारपथ । २ बैशाख २०८०, शनिबार ०४:२७