वीरेन्द्रनगरमा प्रदेशस्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु (तस्वीरहरु)

 

सुर्खेत । वीरेन्द्रनगरमा आइतबारदेखि प्रदेशस्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।

१३ औं राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिताको उद्घाटन मुख्यमन्त्री राजकुमार शर्माले गरेका हुन् ।

प्रदेश खेलकुद परिषद्को आयोजनामा आयोजित प्रतियोगितामा हुम्ला बाहेक ९ जिल्लाका खेलाडी र प्रशिक्षकहरुको सहभागिता रहेको परिषद्ले जनाएको छ ।

उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री शर्माले कर्णाली खेल क्षेत्रमा अग्रसर भइरहेको प्रति खुःसी व्यक्त गरे । थुप्रै ख्याति प्राप्त खेलाडी जन्माएको कर्णाली उर्वर भूमि रहेको भन्दै शर्माले सरकार खेल क्षेत्रको विकासमा अग्रसर भइरहेको उनको भनाइ थियो ।

May be an image of 7 people and dais

May be an image of 9 people and dais

May be an image of 15 people May be an image of 9 people and temple

तपाईको प्रतिक्रिया