सुर्खेत । कर्णालीमा नेपाली कांग्रेसभित्रको विवादले शपथ कार्यक्रम रोकिएको छ ।
कांग्रेसबाट दल नेता जीवनबहादुर शाहीले मंगलबार सुर्खेत १ (क)बाट निर्वाचित सांसद खड्गबहादुर पोखरेल, जाजरकोट (क)बाट निर्वाचित सांसद बेदराज सिंह र दैलेखका कृष्ण कुमार विसीलाई मन्त्री बनाउन मुख्यमन्त्री राजकुमार शर्माकहाँ सिफारिस गरेका थिए ।
अर्थमा सिंह, सामाविक विकास मन्त्रीमा पोखरेल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा विसीलाई सिफारिस गरेका थिए ।
नाम प्राप्त भएपनि मुख्यमन्त्री राजकुमार शर्माले बुधबार दिउँसो ३ बजे पद तथा गोपनियताको शपथ गराउने तयारी गरेका थिए । तर, शपथ रोकिएको छ ।
कांग्रेसभित्रकै विवादका कारण शपथ रोकिएको हो ।
कांग्रेसभित्र विवादको प्रमुख कारण स्वंयम दल नेता शाही रहेको कांग्रेसभित्रको असन्तुष्ट पक्षधरको आरोप छ ।
एक सांसदका अनुसार पार्टीको विद्यान अनुसार मन्त्रीमा नाम सिफारिस हुनुपर्ने हो तर, त्यसो नभएकाले समस्या हो । दल नेता शाहीले एकलौटी तरिकाले नाम सिफारिस गरेको भन्दै असन्तुष्ट सांसदले पार्टी केन्द्रलाई जानकारी गराएका थिए ।
पार्टी सभापति शेरबहादुर देउवाकै दबावमा शपथ रोकिएको बताइएको छ ।
मंगलबार मन्त्रीमा नाम सिफारिस गर्दा दल नेता शाहीले केन्द्रीय सदस्य एवं संविधान सभा सदस्य राजिव विक्रम शाह, केन्द्रीय सदस्य जानकी सिंह लगायतका सांसदसँग कुनै सल्लाह नै नगरी जुनियर नेताको नाम सिफारिस गरेको असन्तुष्ट पक्षको भनाइ छ ।
शाहीले प्रदेशमा कसैको भनेको नमानेपछि असन्तुष्ट पक्षले देउवालाई फोन माफर्त मौखिक रुपमा प्रदेशमा पार्टीको विद्यान अनुसार नचलेको जानकारी गराएको थियो ।
‘सभापतिको फोन समेत दल नेताले (जीवन) उठाउनुभएन,’ एक सांसदले भने,‘पछि सिधै मुख्यमन्त्री ज्यूलाई नै फोन गरेर शपथ रोक्नुपर्ने बाध्यता भयो ।’
यो सँगै कर्णालीमा मन्त्रिपरिषद बुधबार विस्तार हुन नसक्ने देखिएको छ ।
याे पनि



सञ्चारपथ । ६ बैशाख २०८०, बुधबार १२:५१