कर्णालीमा कांग्रेसबाट तीन जना मन्त्री बन्दै, बुधबार शपथ

 

सुर्खेत । कर्णाली प्रदेशमा नेपाली कांग्रेसले मन्त्रीका लागि तीन जनाको नाम सिफारिस गरेको छ ।

कांग्रेसबाट कृष्ण कुमार विसी, खड्ग बहादुर पोखरेल र बेदराज सिंहलाई पठाउने निर्णयसहित मुख्यमन्त्री राजकुमार शर्मा समक्ष नाम सिफारिस गरिसकिएको छ ।

सिंहलाई आर्थिक मामिला तथा योजना, पोखरेललाई सामाजिक विकास र विसीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हाल्ने छन् । यसअघि यी तीन मन्त्रालय नेकपा एमालेले सम्हालेको थियो ।

सरकारका प्रवक्ता कृष्णबहादुर जिसीले बुधबार शपथ गर्ने गरी तयारी गरिने बताए ।

१४ सिटसहित पहिलो दल रहेको कांग्रेसले अबको अढाई बर्षपछि मात्रै सरकारको नेतृत्व पाउने र अहिले माओवादीकै नेतृत्वको सरकारमा सहभागिता जनाउने भएको हो ।

 

तपाईको प्रतिक्रिया