सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले तेस्रो पटक विश्वासको मत लिने तयारी गरेका छन् । त्यसका लागि आइतबार प्रदेश सभामा पुगेर शर्माले विश्वासको मत लिने सम्बन्धी पत्र दर्ता गराइसकेका छन् ।
प्रदेश सभा सचिवालयका प्रमुख सचिव जीवराज बुढाथोकीका अनुसार शुक्रबार (१५ गते ) संसदबाट विश्वासको मत लिने प्रयोजनका लागि पत्र दर्ता गराएका छन् ।
शर्माले यसअघि दुई पटक विश्वासको मत लिइसकेका छन् । २७ चैत्रमा एमालेले समर्थन फिर्ता लिएसँगै तेस्रो पटक विश्वासको मत लिन लागेका हुन् ।



सञ्चारपथ । १० बैशाख २०८०, आईतवार ०७:२४