सुर्खेत । कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले आज संसदबाट तेस्रो पटक विश्वासको मत लिँदैछन् ।
२७ चैत्रमा नेकपा एमालेले समर्थन फिर्ता लिएपछि आज विश्वासको मत लिन लागेका हुन् । २७ पुसमा मुख्यमन्त्री नियुक्त भएका शर्माले ६ माघमा पहिलो पटक संसदबाट विश्वासको मत लिएका थिए । राप्रपाले समर्थन फिर्ता लिएपछि १७ चैत्रमा दोस्रो पटक विश्वासको मत लिएका थिए ।
त्यो बेला उनले राप्रपा बाहेकका सबै दल र सांसदको मत पाएका थिए ।
एमालेले समर्थन फिर्ता लिएसँगै अघिल्लो बिहीबार कांग्रेससहितको नयाँ सरकारले पुर्णता पाएको छ ।
आज दिउँसो तीन बजे बस्ने प्रदेश सभाको बैठमा शर्माले विश्वासको मत लिने तयारी रहेको बताइएको छ



सञ्चारपथ । १५ बैशाख २०८०, शुक्रबार ०४:२८