कर्णालीका जम्मा ४ प्रतिशत नागरिकले मात्र पिउँछन्, शुद्ध पानी

 

सुर्खेत । कर्णाली प्रदेशका अधिकाँश नागरिकहरु दुषित पानी पिउँन बाध्य छन् । प्रदेशको जलस्रो तथा उर्जा विकास मन्त्रालयको तथ्यांक अनुसार प्रदेशमा ९६ प्रतिशत नागरिकहरुले अझै दुषित पानी पिउँन गरेका छन् । त्यो भनेको खुला पोखरी, खोला नालाको दुषित पानी हो ।

यसले मानव स्वास्थ्यका प्रत्यक्ष असर परिरहेको स्वास्थ्य अधिकारीहरुले बताउने गरेका छन् ।

मन्त्रालयका सिनियर डिजिजनल इन्जिनियर गोपाल शर्माले ४ प्रतिशत नागरिकहरु मात्रै शुद्ध खानेपानीको पहुँचमा रहेको बताए । उनका अनुसार ८६ प्रतिशत नागरिक आधारभूत खानेपानीको पहुँचमा छन् । प्रदेशमा अझै ६ प्रतिशत जनसङ्ख्या आधारभूत खानेपानीको पहुँचमा छैन ।

सरकारी तथ्याङ्कअनुसार अधिकांश नागरिक शुद्ध खानेपानीको पहुँचबाहिर रहेका छन् । प्रदेशमा १६ लाख लाख ९४ हजार आठ सय ८९ रहेको छ ।

अहिले प्रदेशका ७९ वटै स्थानीय तहमा आधारभूतस्तरको खानेपानी सुविधा पु¥याउने लक्ष्य लिएर काम भइरहेको शर्माले बताए । ०७८ यता खानेपानी सम्बन्धी काम गर्नका लागि छुट्टै मन्त्रालय बनेको हो, जलस्रोत । ‘त्यसअघि खानेपानी सरकारको प्राथमिकतामा परेको थिएन,’ शर्मा भन्छन् ।

शर्माका अनुसार कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्ष २०७९/८० मा खानेपानी तथा सरसफाइमा एक अर्ब ४० करोड विनियोजन गरेको छ ।

कर्णालीका १० वटै जिल्लामा ल्याब स्थापना गरी पानी परीक्षणसमेत भइरहेको छ ।

तपाईको प्रतिक्रिया