कर्णाली प्रदेश सभाको चालु अधिवेशन अन्त्य

सुर्खेत । कर्णाली प्रदेश सभाको चालु अधिवेशन अन्त्य भएको छ ।

दोस्रो कार्यकाल अन्तर्गतको पहिलो हिउदे अधिवेशन अन्त्य भएको हो ।

आइतबार दिउँसो नै बसेको मन्त्रिपरिषद्को बैठकले अधिवेशन अन्त्य गर्ने निर्णय गरी मुख्यमन्त्री राजकुमार शर्माले प्रदेश प्रमुख समक्ष सिफारिस पत्र बुझाएका थिए ।

प्रदेश प्रमुख तिलक परियारले संविधानको धारा १८३ को उपधारा २ बमोजिम आइतबार राती १२ बजेदेखि अधिवेशन अन्त्य गरेका हुन् ।

 

तपाईको प्रतिक्रिया