श्रमजीवीको अधिकारको सुनिश्चितता नभएसम्म देश रुपान्तरण सम्भव हुँदैन : प्रदेश प्रमुख

 

सुर्खेत । कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले श्रमजीवीको अधिकारको सुनिश्चितता नभएसम्म देश रुपान्तरण सम्भव नहुने बताएका छन् ।

देशको विकास र रुपान्तरणका लागि श्रमजीवी वर्गको हक, हित र अधिकारको सुनिश्चितता हुनुपर्ने उनको भनाइ छ ।

१३४ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना सन्देश दिँदै परियारले नेपालको संविधानमा श्रम सम्बन्धी हकलाई मौलिक हकको रूपमा व्यवस्था गरिएतापनि व्यवहारमा कार्यान्वयन हुन नसकेको बताएका छन् ।

‘श्रमिकलाई उचित श्रम अभ्यासको हकसहित आफनो हित रक्षाको निमित्त ट्रेड युनियन खोल्ने, सङ्गठित हुने र सामूहिक सौदावाजी गर्ने हकलाई प्रत्याभूत गरिएको छ,’ उनले भने,‘ संवैधानिक व्यवस्थापनलाई व्यवहारमा कार्यान्वयन गर्नु नै वर्तमानको महत्वपूर्ण पक्ष हो ।’

 

 

तपाईको प्रतिक्रिया