सुर्खेतमा भोलीदेखि नेपाल युरोपियन युनियन फिल्म फेस्टिभल

सुर्खेत । सुर्खेतमा भोली बुधबारदेखि नेपाल युरोपियन युनियन फिल्म फेस्टिभलको आयोजना गरिएको छ । मध्यपश्चिम विश्वविद्यालयको सभाहलमा आयोजित फेस्टिभलमा नेपाली र विदेशी चलचित्रहरु प्रदर्शन गरिने छन् ।

नेपाल स्थित द डेलिगेसन अफ द युरोपियन युनियन टू नेपालको आयोजनामा उक्त महोत्सवको आयोजना गरिएको हो । ‘सबैका लागि मानवअधिकार उत्सव’ नारा दिइएको उत्सवमा विशेषगरी मान अधिकारसँग सम्बन्धीत चलचित्र देखाइने छ ।

महोत्सवको पहिलो चरण सूदुरपश्चिम प्रदेशको महेन्द्रनगरमा रहेको सूदुरपश्चिम विश्वविद्यालय वैशाख १५ देखि १७ गतेसम्म भएको थियो ।

दोस्रो चरण फेस्टिभल वैशाख २०, २१ र २२ गते मध्यपश्चिम विश्वविद्यालयको हलमा आयोजना हुने नेपालका लागि युरोपियन युनियनकी राजदुत नोता डेप्रेजले जानकारी दिइन् ।

मानवअधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको ७५ वर्ष पुगेको र आम मानिसमा उनीहरूको अधिकारका बारेमा सचेतना अभिवृद्धि गर्ने र सबैको मानवअधिकारको रक्षा गर्न सञ्जाल तथा ऐक्यबद्धता निर्माण गर्ने उनले बताइन् ।

तपाईको प्रतिक्रिया