सुर्खेतमा माधव नेपाल– कर्णाली सरकारमा समाजवादीलाई बेवास्ता गरिएको प्रति असन्तुष्टि

 

सुर्खेत। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आफ्नो दललाई कर्णालीमा सम्मान जनक व्यवहार नभएको बताएका छन् । ग

ठबन्धनभित्रकै दलभएपनि नेकपा माओवादीले कर्णालीमा समाजवादीलाई बेवास्ता गरिएको उनको भनाइ छ ।

वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपालले कर्णालीमा माओवादीको दम्भ र घमन्डले समाजवादीका साथिहरु दुखी रहेको बताए ।

‘हाम्रो साथिहरु दुखी हुनुहुन्छ, माओवादीको त्यो दम्भ तोडिन सक्छ,’ उनले भने,‘ पहिला केपी, पछि शेरबहादुर र त्यसपछि ओलीले दम्भ देखाएकै हुन्, अब कसको दम्भ देखिने हो, हेर्न बाँकी छ ।’

साथै उनले चुनावपछि बिचमा प्रचण्ड भुक्तभोगी भएर ओलीको सरणमा पुगेको उल्लेख गर्दै वर्तमान गठबन्धनबाट जनताले परिवर्तनको आशा गरिरहेको बताए ।

तपाईको प्रतिक्रिया