कलाकार रियाशा दाहाल विवाह बन्धनमा बाँधिएकी छन्।
चर्चित हाँस्य टेली श्रीङ्खला ‘गाह्रो छ हो’की कलाकार तथा मोडल दाहाल चर्चित फेसबुक पेज रुटिन अफ नेपाल बन्दका एड्मिन भिक्टर पौडेल(रुटिने) सँग विवाह बन्धनमा बाँधिएकी हुन्।
लामो समयसम्म प्रेम सम्बन्धमा रहेको यो जोडी आज वैशाख २० गते भक्तपुर सूर्यविनायकस्थित एक रिसोर्टमा विवाह बन्धनमा बाँधिएको तस्बिर रुटिन अफ नेपाल बन्दले सार्वजनिक गरेको छ।


सञ्चारपथ । २० बैशाख २०८०, बुधबार ०८:००