सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दाङको तुल्सिपुर उप–महानगरपालिका ७ का १८ बर्षीय राजु रावत रहेका छन् ।
उनलाई सुर्खेत प्रहरीले वीरेन्द्रनगर नगरपालिका–६ नयाँ बसपार्कबाट पक्राउ गरेको हो ।
उनी शंकास्पद तरिकाले हिडिरहेको अबस्थामा शंका लागेपछि उनलाई नियन्त्रणमा लिइएको र चेकजाँचका क्रममा जुत्ता भित्र मेघाश्रीको खोल्सो भित्र लागुऔषध लुकाई राखेको भेटिएको प्रहरीले जनाएको छ ।
उनको साथबाट २१० मिलि ग्रा.म लागुऔषध फेला पारिएको र उनी हाल प्रहरीको नियन्त्रणमा रहेका छन् ।


सञ्चारपथ । २१ बैशाख २०८०, बिहीबार १३:३१